शान्ति र लोकतन्त्रका लागि पुस्तकालय

पुस्तकालय हुुनुलाई उज्यालोतर्फको यात्राको रुपमा विदुवानहरु चित्रण गर्छन । यसको अर्थ हो अध्ययनको संस्कृतिलाई बढावा दिनुु । त्यसैले ज्ञानको प्राप्तिलाई अध्यारोविरुद्धको यात्राको संज्ञा दिइन्छ । हामीकहाँ पुस्तकालयको यात्रा राणाकालदेखि नै शुरु भएको मानिन्छ । तर राणाहरुले महाकवि लक्ष्मीप्रसाद देवकोटा , नासु कृष्णलाल अधिकारी लगायतलाई यस्तो कार्यमा लागेवापत तर्साएका थिए । राणाहरु देशमा अन्धकार मात्रै चाहन्थे । त्यसमै मात्र एकलौटी शासनको दीर्घता उनीहरुको अर्जुुनदृष्टि थियो । पुुस्तकालय , विद्यालय वा शैक्षिक अभियान अँध्यारो विरुद्धको पाइला थियो । त्यसैले यस्ता उज्यालोतिरको यात्राले जनता शिक्षित , जागरुक र राणाविरोधी हुन उत्पेरित गथ्र्यो । तसर्थ पुुस्तकालयको विकास राणाहरुको आँखाको कसिंगर बनेर उभिएको थियो ।

आजको अवस्था भने फरक छ । देशमा राणा शासन ढलेको आधा शताब्दी बढी भइसक्यो । पुस्तकालयको संख्या त्यतिबेलाको तुलनामा त बढेको छ । तर यसको दारुण अवस्था कसैको मुदुदा बन्न सकेको छैन । लोकतान्त्रिक मूल्य मान्यताको अभिवृद्धिका खातिर जनता सचेत र शिक्षित हुनुु आवश्यक छ । जनता शिक्षित भएमात्र शासकका कुुकृतयविरुद्ध जागरुक बन्न सक्छन् । जनमुखी शासनको अभिवृद्धि हुन सक्छ । लोकतान्त्रिक व्यवस्था सुदुृढ हुन सक्छ । शिक्षित जनतासामुु शासकहरु पनि झुक्न बाध्य हुुन्छन् । जनता अशिक्षित र भेंडा भए भने मुलुकमा लोकतन्त्रको अनुभूति हुन सक्दैन । त्यसका लागि अध्ययनको संस्कृतिको विकास गर्नु जरुरी छ ।

 तर लोकतन्त्रका यतिका वर्षसम्म देशमा पुस्तकालयको अवस्था दारुण छ । भएका पुस्तकालयको संरक्षण संबद्र्धन हुन नसकेको अवस्था छ । विकासकोे कुरा त परै भइहाल्यो । देशको सबैभन्दा ठूलो पुस्तकालय त्रिवि केन्दीय पुस्तकालयमै नयाँ र अपडेट हुने खालका सामग्री पुस्तकहरुको अभाव खड्किरहेको सबैले अनुभुति गरेको कुरा हो । यस्तो अवस्था आज हामी किन भोगिरहेका छौ्र । यसको गम्भीर समीक्षा हुनु आवश्यक छ ।

लोकतन्त्रका किरणहरु दूरदराजसम्म पुुग्न शिक्षाका किरणहरु पनि गाउँसम्म पुग्नु आवश्यक मात्र होइन , अनिवार्य नै छ । हामीकहाँ भने गाउँ रित्तिदै गएको नमीठो अनुभव छ । गाउँका कुनामा पुस्ताकालय हुने र विभिन्न श्रम र सीप सिकाउने पुस्तक पढ्नेहरुको ताँती हुने भए यो देश कस्तो हुुन्थ्यो होला । यतिसम्म कल्पना गर्नेहरुको संख्या पनि रित्तिदै गएको अनभूति हुन्छ । देशका अधिकांश मानिसहरु अहिले वैदेशिक रोजगारमा निर्भर छन् । देशभित्रै शिक्षा ग्रहण गर्नै ताँती लोकतन्त्तले दिनुपर्नेमा आज शैक्षिक उद्येश्य प्राप्तिका खातिर समेत मानिसहरु धमाधम विदेश हामम्फालिरहेका छन । यसको अन्त्य नभएसम्म न देशमा समानताकोे सपना बलियो हुन सक्छ , न आत्मीयता , भ्रातुत्व , मेलमिलाप , श्रम र सीपका पाठ सिकाउने मनहरु बलियो हुन सक्छ । आखिर लोकतन्त्रका यी सपनाहरुलाई उडाएर हामी कसरी उज्यालो तर्फको यात्रा अघि बढाउन सक्छौं । यो आज देशका शासकहरुले वेवास्ता गरेको गम्भीर प्रश्न हो । देशमा शान्ति र समृद्धिको खोजी भइरहेको बेला यसलाई ज्वलन्त विषयको रुपमा उठान गरिनु जरुरी छ । शान्तिको स्थापना र त्यसको दिगोपनका लागि पनि शिक्षित जनशक्तिको खाँचो छ । शिक्षित जनतको बाहुल्य रहेको ठाउँमा स्थानीय तहसम्म शान्ति स्थापना गर्न सहज हुन्छ । शान्ति स्थापना भएमात्रै त्यहाँ विकासका योजनाहरुले मूूर्तरुप प्राप्त गर्न सक्छन् । अबको विश्वमा देशले प्रतिस्पर्धी जनशक्ति तयार गर्नुपर्छ । त्यसका खातिर शिक्षा र अध्ययनको संस्कृतिको विकास गर्नु आवश्यक छ ।

 एउटा कल्पना गरौं । फुुुर्र्सद् हुने वित्तिकै जुवातास खेल्ने अथवा क्यारेम्बोर्डका गोटी समात्ने युवाहरुको ठाउँमा फुर्सद् हुनेवित्तिकै पुस्तकालयभित्रका पुस्तक पढ्ने संस्कृति नेपालका गाउँगाउँसम्म विकास गर्न सक्ने हो भने विश्व परिदृश्यमा नेपालका ग्रामीण युवाहरु कस्ता देखिन्थे होला ? काम नपाएर मदिरा र ड्रग्समा हल्लिने युवाहरुका सट्टामा पुस्तक पढ्ने नसा बसाल्न सके यो देशका सहरीय युवाहरु कति उर्वर देखिन्थे होला ? यस्ता कल्पना केवल कल्पनामात्रै होइनन् , यथार्थमा बदल्न सक्ने हो भने  आजै देखि देशभर पुस्तकालय स्थापनामा जोड दिनुआवश्यक छ । ठाउँ ठाउँमा पुुस्तकालय हुनेबित्तिकै विश्वका हरेक कुनामा पत्ता लागेका पछिल्ला ज्ञानदेखि सूचनाहरुको स्थानीयकरण हुनेछ । यसमा हरेक नेपालीले चासो राख्ने हो भने यहाँका नागरिकको सोंच कस्तो हुने थियो होला । देशको विकास गर्ने हो भने सबैभन्दा पहिला नागरिकको सोंचमा परिवर्तन गर्नु आवश्यक छ । नागरिकको सोंचमा परिवर्तन गर्न अध्ययनो संस्कृतिको विकास अनिवार्य हो । यसले मात्रै द्वन्द्वात्मक विचारको न्यूूनीकरण हुन सक्छ । 

मुलुक भर्खरै लामो द्न्द्वले विश्राम पाएको स्थिति छ । तर हिंसात्मक र द्रवन्द्वात्मक सोंच उत्तिकै देखिएको छ । जातीय, क्षेत्रीय र साम्प्रदायिक सोंचको अन्त्य हुनुपर्नेमा त्यसो हुने देखिएको छैन । यसका लागि हरेक नागरिक सचेत हुनु जरुरी छ । एउटा पुस्तामा संस्थागत भएको हिंसात्मक सोंचको अन्त्य भएन भने त्यसले सिंगो पुस्ता मात्रै होइन, पछिल्लो पुस्तामा समेत हिंसा र द्वन्द्वात्मक सोंचको बीजारोपण गर्नेछ । यो अत्यन्तै खतरनाक कुरा हो । आपसी सहअस्तित्व, भ्रातृत्व, मेलमिलाप र सहिष्णुता लोकतन्त्रको आधराभूत जग हो । यसको विकास नगरीकन मुलुकमा विकास संभव छैन । राष्ट्रिय एकताको जग पनि यसैमा निहित हुन्छ । अध्ययनको दायरा फराकिलो भएमा मात्रै पर्याप्त बहस संभव हुन्छ । यस्तो स्थितिमा एकले अर्काेलाई सम्मान गर्ने वातावरण तयार हुन्छ । आलोचना पनि सहने मानिसहरु तयार हुन्छन् । आज अमेरिकाभित्रै अमेरिकी सरकारको सबैभन्दा बढी आलोचना भएको स्थिति हो तर उनीहरु राष्ट्रियता र स्वतन्त्रताको लागि जस्तो सुकै मुूल्य चुकाउन पनि तयार हुन्छन् । ठूलल्ठूला विश्वविद्यालय र पुस्तकालयहरु ठाउँठाउँमा स्थापित छन् । सोभियत संघ टुक्रिदा समेत अमेरिका अखण्ड रहनुको एउटै कारण त्यहाँका विश्वविद्यालय र पुस्तकालयको विकासले हो । सत्ता र शक्तिमा विवेक भर्ने काम शिक्षाले मात्रै गर्न सक्छ । अमेरिकाकै जस्तो स्थिति तत्कालै नेपालको हुन नसक्ला । परन्तु, पुस्तकालयको विकास गरेर शान्ति र लोकतन्त्रको सम्बद्र्धन गर्ने कामको शुरुवातको लागि यो उपयुक्त समय हो ।