प्रायः नजिकबाट चिनेको व्यक्तिको दिवङ्गतपछि उसको बारेमा प्रशंसा गर्नु मानवीय स्वभाव नै हो । तर, मधुसूदन कार्की वास्तवमा नै पुस्तकालय पेशाका एक भलादमी, प्रखरवक्ता तथा पुस्तकालय शिक्षाका अभियन्ताका रूपमा सबैको मनमा बसेको व्यक्ति हुनुहुन्थ्यो । कार्की गुरु २०७८ जेठ १७ गतेदेखि हाम्रो बिच स्मृति मात्र बाकीँ हुनुहुन्छ । सरसँग मेरो पहिलो भेट वि.संं २०६५ मा भएको हो ।
पुस्तकालयसम्बन्धी विषयमा पनि त्रिभुवन विश्वविद्यालयमा अध्ययन हुन्छ भन्ने कुरा मैले भिनाजुबाट सुनेको थिएँ । यस विषयका बारेमा थाहा पाउने वितिकै नयाँ विषय कस्ता होला भन्ने जिज्ञासा अनविज्ञताका तरङ्गहरूले मनलाई सताइरहन्थो । मनभित्रको अनविज्ञता मेटाउन स्नातक तहको परीक्षाफल प्रकाशन भएपछि सोधखोज गर्दै पुस्तकालय विज्ञान केन्द्रीय विभागमा पुगेको थिए । सायद त्यो मङ्सिरको महिना होला । विभागमा पुग्दा अग्लो शरीर, हँसिलो अनुहार, फुर्तिलो व्यक्तित्व अर्थात विभागीय प्रमुख डा.कार्की हुनुहँुदोरहेछ । लगभग आधा घण्टाको बसाइमा उहाँले मभित्र रहेको पुस्तकालय विज्ञान विषयप्रतिको कौतुहलता मेटाउने काम गर्नुभयो ।
म शिक्षा विषयको विद्यार्थी पुस्तकालय विज्ञान मेरोलाई अत्यन्त नौलो विषय थियो । त्यसैले नयाँ विषयको बारेमा मैले धेरै नै जिज्ञासा राखे । पुस्तकालयको महŒव, विभागको स्थापना, अध्ययन हुने विषय, नेपालमा रोजगारीको अवस्था आदिको बारेमा जानकारी गराउनुभयो । म पुस्तकालय विज्ञान विषयमा अबोध कति कुरा सहजै बुझन सके कति प्रतिप्रश्न गर्दै बुभ्mने प्रयास गरे । हँसिलो मुहारले यो टुप्पोबाट पलाएको विषय हो नेपालमा स्नातककोत्तर तहमा मात्र पठाइ हुन्छ त्यसैले सुरूसुरूमा बुझन गाह्रो हुन्छ विस्तारै बुझिन्छ भन्नुभयो ।
पुस्तकालय विज्ञान विषयको बारेमा बुझन गएको सरको प्रेरणापछि पढ्ने अठोट गरी फाराम भरेर नमुना प्रश्नहरू लिएर फर्केको थिए । त्यो फाराम भर्ने अन्तिम दिन रहेछ । मेरा लागि नयाँ विषय अध्ययन सुरुवातको खुट्किलो मात्र भएन स्व. कार्की सरसँगको पहिलो अविस्मरणीय भेट पनि भयो । केही दिनपछि प्रवेश परीक्षा दिई उत्तीर्ण भएर विभागको नियमानुसार भर्ना भई कक्षा सरु हुने जानकारी पाइयो । विभागले पहिलो दिन सबै विद्यार्थीहरूका लागि अभिमुखीकरण कार्यक्रम राखेको थियो । वि.सं. २०५२ सालमा स्थापना भई एकबर्षे स्नातक तहको अध्ययनबाट सुरुभएको पुस्तकालय शिक्षाको यात्रामा सात वर्षपछि स्नातकोत्तर तहको अध्ययन गर्न सुरु भएको रहेछ । संस्थापक प्रमुखको हैसियतले स्थापनाकालदेखि नै विभागको उन्नयनमा लागि कार्की सर निरन्तर लागि रहनुभएको पाइयो । त्यो समय चाहीँ विभागीय प्रमुखको दोस्रो कार्यकाल रहेछ । अभिमुखीकरणमा उपस्थित सबै सर, मेडमले हामीलाई स्नातकोत्तर तहको सातौं व्याजको विद्यार्थीका रूपमा स्वागत सहित आ–आफ्नो विषयको बारेमा जानकारी गराउनु भएको थियो ।
नेपालमा पुस्तकालयको विषयमा विद्यावारिधि गर्ने पहिलो व्यक्ति डा. कार्की पुस्तकालय वर्गीकरण विषय अध्यापन गराउनुहुन्थ्यो । उहाँ यो विषयका ज्ञाताका रुपमा परिचित हुनुहुन्थ्यो । जुन विषयलाई अत्यन्त सरल भाषामा दैनिक व्यवहारमा उतार्दै विद्यार्थीहरूलाई सिकाइको गहिराइमा पु¥याउनुहुन्थ्यो । अहिले पनि ताजै जस्तो लाग्छ त्यो पुरानो लालीगुराँस कपि लिएर पढाएको । त्यो सानो र पुरानो कपि भएता पनि धेरै जनालाई पुस्तकालय वर्गीकरणको ज्ञान प्रदान गरेको छ ।
विभागमा अध्ययनरत विद्यार्थीहरूलाई सङ्गठित गराई पुस्तकालय तथा सूचनाको क्षेत्रमा काम गर्ने उद्देश्यका साथ विभागमा एउटा संस्थाको स्थापना गरिएको थियो । जसको नाम पुस्तकालय तथा सूचना विज्ञान विद्यार्थी संघ थियो । छोटकरीमा लिसा भन्ने गरिन्थ्यो । दोस्रो वर्षमा पुगेपछि संस्थाको चौथो कार्यकालमा सचिवको जिम्मेवारी समाल्ने अवसर पाएको थिएँ । सचिवको जिम्मेवारीसँगै सरसँग झन् नजिकिने मौका मिल्यो । विभागका भौतिक सुधार, आन्तरिक परीक्षा प्रणाली, समयानुकुल पाठ्यक्रम सुधार लगायतका विषयमा विद्यार्थीका माग हुन्थे । विद्यार्थीको मागमा छलफलमा उहाँको पहिलो वाक्य असन्तुष्टि नै प्रगतिको माग हो भन्नुहुन्थ्यो । जसको आशय विभागको सुधारका लागि विद्यार्थीहरूबाट नयाँ–नयाँ योजना आउन भन्ने नै रहेको बुझिन्थ्यो । मागहरूलाई विभागीय प्रमुखको हैसियतले गर्न सक्ने धेरथोर सम्बोधन गर्ने प्रयास गर्नुहुन्थ्यो । तथापि संस्थाले वार्षिक प्रकाशन लिसा जर्नलको निरन्तरताका लागि सधै सकारात्मक लिइ नैतिक तथा आर्थिक सहयोगमा कुनै कन्जुस्याइँ गरेको गर्नुहुदैन्थ्यो ।
विभागले नेपालको पुस्तकालय क्षेत्रकी आइरन लेडी शान्ति मिश्रको अनुभव आदानप्रदान कार्यक्रम आयोजना गरेको थियो । जुन कार्यक्रमको उद्घोषण गर्ने मौका मलाई दिनु भएको थियो । पहिलो पटक शान्ति मिश्र र उहाँको श्रीमान् नारायण मिश्रसँग परिचित हुने अवसर पनि मिल्यो । जुन दिन हाम्रो व्याजलाई पनि विभागबाट बिदाइ गरिदै थियो । यद्यपि म दोस्रो वर्षको परीक्षा सकेर थेसिस लेख्ने क्रम थिएँ । थेसिस लेख्ने क्रममा प्रस्ताव तयार गर्न सरले राम्रोसँग मागनिर्देशन गर्नु भएको थिए । जसले गर्दा मलाई थेसिस तयार गर्नका लागि अत्यन्त सहयोग गरेको थियो । जुन प्रस्ताव विश्वविद्यालय अनुदान आयोगमा अनुदानका लागि पनि छनोट भएको थियो । सरकै कार्यकालमा थेसिस सकेता पनि वाह्रय प्रशिक्षकबाट परीक्षणका लागि समय लागेकोले केही समयपछि भीमध्वज श्रेष्ठ विभागीय प्रमुख भएपछि मात्र मौखिक परीक्षा (भाइवा) भएको थियो ।
विभागबाट औपचारिक रूपमा छुटिएता पनि विभिन्न कार्यक्रममा सरसँग भेट भइरन्थ्यो । संयोग सरको विभागबाट विदाई र म त्रि.वि. पुस्तकालय विज्ञान भूतपूर्व विद्यार्थी संघ (तुलसा) को अध्यक्ष भएपछि स्वागत गर्ने कार्यक्रम एउटै दिन थियो । नेपालको एकमात्र प्रोफेसनल लाइब्रेरियनहरुको संस्था लामो समयसम्म निश्क्रिय रहेको थियो । हामीलाई बधाई तथा सफलताको शुभकामना दिदै प्रोफेसनल लाइबे्ररियनहरू संस्था जोगाउने जिम्मा विजयको काँधमा रहेको छ । यसलाई अब सक्रिय गराउनु भन्नु भएको थियो । जहाँ भेटदा पनि तुलसाले के गर्दै छ भन्ने सरको पहिलो जिज्ञासा हुन्थ्यो ।
तुलसाले मेरो कार्यकालमा समाजलाई सूचनाबाट सुसूचित गराउने आमसञ्चार र पुस्तकालयको अन्तरसम्बन्ध विषयक अन्तक्रिया कार्यक्रम आयोजना गरेको थियो । जसको प्रमुख अथितिका रूपमा कार्की सरलाई निमन्त्रण गरेका थियौं । हाम्रो निमन्त्रणलाई सरले सहझै स्वीकार गरी आउनु भएको थियो । त्रिभुवन विश्वविद्यालयले पत्रकारिता र पुस्तकालय विज्ञान केन्द्रीय विभागको स्थापना एकै सालमा भएको हो तर पुस्तकालय विज्ञान स्नातकोत्तर तहमा मात्र सीमित भएकोले अपेक्षित रूपमा जनशक्ति उत्पादन गर्न नसकेको यथार्थता उहाँले राख्नु भएको थियो । पुस्तकालयको पेशागत हितमा सदैव लागि रहनु हनु डा. कार्की नेपालको पुस्तकालयको लागि अनुगृहीत व्यक्तित्व हुनहुन्थ्यो ।
कोरोना भाइरसको दोस्रो लहरले नेपालको पुस्तकालय शिक्षाका अभियन्त डा. कार्कीको जीवनमा पूर्णविराम लगाइदिएको छ । जुन पूर्णविरामले नेपालको पुस्तकालय क्षेत्रलाई अतुलनीय क्षति पु¥याएको छ । डा. मधुसुदन कार्कीको रीक्तता नेपालको पुस्तकालय क्षेत्रमा सधै रहनेछ । व्यक्तिगत रुपमा पुस्तकालय जस्तो पवित्र सेवामा समर्पित गराउने उर्जाशील प्रेरणा सदैव स्मरणीय रहनेछ । आदरणीय गुरुको दिवङ्गत आत्माको चिरशान्तिको कामना सहित हार्दिक श्रद्धाञ्जली ।