रिमोट एक्सेस सेवा सुरु गर्दै केन्द्रीय पुस्तकालय
स्थापनाकाल देखि नै पाठक सेवामा समर्पित केन्द्रीय पुस्तकालयले समयको माग अनुसार आधुनिक प्रविधिको प्रयोगका साथ पाठक सेवालाई प्रभावकारी बनाउन तल्लीन रहेको छ । जसको उदाहरण पछिल्लो समय पुस्तकालयले खरिद गरेको रिमोट एक्सेस ९च्झयतभ बअअभकक० सेवा सहितको प्रोक्वेस्ट ९एचयत्तगभकत० डाटावेस हो । पुस्तकालयले सिमित स्रोत साधनका बिच पनि पाठकहरुको बढ्दो विद्युतिय अध्ययन सामग्रीप्रतिको मोहलाई मध्यनजर गर्दै सन् २००३ देखि नै ई–रिसोर्सेस सेवा प्रदान गर्न सुरुवात गर्दै आइरहेकै हो । जसमा आईएनएसपी, युके ९क्ष्ल्ब्क्ए, ग्प्० नामक अन्तर्राष्ट्रिय संस्थाको सहकार्यमा निःशुल्क अनलाईन रिसोर्सेसहरु उपलब्ध भएको थियो । त्यसैगरी केही समय विश्वविद्यालय अनुदान आयोग आर्थिक सहयोगमा खरिद गरेरै भएपनि २०१८ सम्म विश्वमा प्रचलित ई–रिसोर्सेसका डाटावेसहरु मार्फत सेवा प्रदान गर्दै आइरहेको हो । जसबाट नेपालका विद्वान वर्गहरू पनि अन्तर्राष्ट्रिय जर्नलका लेखरचनाहरुबाट लाभान्वित भएको पाइन्छ ।
गत वर्षदेखि विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ को महामारिको प्रभावबाट शैक्षिक संस्थाहरु पनि अछुतो रहन सकेनन् । तर यो क्षेत्रलाई नयाँ प्रविधिको प्रयोग गर्ने अवसर भने दियो । जसअनुरुप त्रिभुवन विश्वविद्यालयले पनि माइक्रोसफ्टको सहयोगमा आफ्ना प्राध्यापक, विद्यार्थी, अनुसन्धानकर्ता तथा कर्मचारीहरु गरी एक लाख साठी हजार भन्दा बढी अफिसियल ईमेलहरु तयार गरी सकेको छ । शैक्षिक संस्थाको रक्त सञ्चारको रुपमा मानिने पुस्तकालयलाई पनि पाठकहरुको घरघरमा पु¥याउनु पर्छ भन्ने लक्ष्यका साथ ई–पुस्तकालयको विस्तारको योजना विश्वविद्यालयले बनायो । बन्दाबन्दीको अवस्थापछि भौतिक रूपमा पाठकहरूलाई अध्ययन सेवा प्रदान गर्न असमर्थ रहेको पुस्तकालयले २०७७ मंसिर देखि रिमोट एक्सेस ९च्झयतभ बअअभकक० मार्फत अध्ययन सामग्री उपलब्ध गराउन सुरुवात ग¥यो । जसमा विश्वविद्यालयले खरिद गरेका, सम्झौता तथा सहकार्य गरेका र खुला रुपमा पनि उपलब्ध भएको डाटावेसहरु राख्दै गइरेहेको छ । जसबाट पाठकहरुले घरैमा बसिबसी एउटै ठाउँबाट रिसोर्सेस हेर्न सक्ने सुविधा पाएका छन् । यो त्रिभुवन विश्वविद्यालयमा नयाँ प्रविधिको प्रयोग हो । जसलाई विश्वविद्यालयले विपतलाई अवसरको रुपमा प्रयोग गर्दै नयाँ प्रविधिमा फड्को मारेको राम्रो उदाहरणका रुपमा लिन सकिन्छ ।
रिमोट एक्सेस सिस्टमबाट सेवा लिनका लागि त्रिभुवन विश्वविद्यालयका पाठकले केन्द्रीय पुस्तकालयको वेवसाइट डब्लुडब्लुडब्लु डट टीयुसीएल डट ओआरजी डट एनपी ९धधध।तगअ।ियचन।लउ० मा उपलब्ध फाराम भर्नेु पर्ने हुन्छ । फाराम भरेका केही समयपछि केन्द्रीय पुस्तकालयबाट पास्पोट परिर्वनका लागि इमेल आउछ । इमेलमा प्राप्त लिङ्कबाट पासपोर्ट परिर्वतन गरेपछि उपलब्ध ई–रिसोर्सेसहरु प्रयोग गर्न सकिन्छ । विश्वविद्यालयले तीस हजार पाठकका लागि यो सुविधा लिएको छ । सुरुवातको चार महिनामा नै तीन हजार भन्दा बढी पाठकहरु जोडि सकेका छन् । तर यो संख्या अपेक्षा भन्दा अत्यन्त न्यून हो । यो नयाँ प्रविधि भएकोले व्यापक रुपमा प्रचार प्रसार गर्न तथा पाठकहरुलाई प्रयोगमा सहजिकरण गर्नका लागि अभिमुखिकरण कार्यक्रमहरु पनि संचालन गरेको छ । पहिलो चरण अनलाइन मार्फत विश्वविद्यालयका प्राध्यापकहरुलाई मात्र प्रदेशानुसार छ वटा सहजिकरण कार्यक्रम संचालन गरियो भने दोस्रो चरणमा क्याम्पस अनुसार विद्यार्थीहरुका लागि नियमित कार्यक्रमहरु संचालन गर्दै आइरेहेको छ ।
विश्वविद्यालयले यो सेवा त्रिभुवन विश्वविद्यालयमा मात्र सिमित नराखेर अन्य विश्वविद्यालय तथा कलेजहरुलाई पनि उपलब्ध गराएको छ । त्रिभुवन विश्वविद्यालयका पाठकहरुलाई यो सेवा निःशुल्क उपलब्ध गराइएको छ भने अन्य विश्वविद्यालय, सामुदायिक क्याम्पस तथा कलेजहरुले केही शुल्क निर्धारण गरेको छ । इच्छुक विश्वविद्यालय तथा कलेजहरुले संस्थागत रुपमा सम्झौता गरी पाठकहरुको इमेल त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयमा पठाउन सक्नुहुनेछ । जसका लागि विश्वविद्यालयका हकमा एक लाख बार्षिक शुल्क र प्रति पाठक बार्षिक दुई सय लाग्छ भने क्याम्पसको हकमा बार्षिक शुल्क पाँच हजार र प्रति पाठक दुई सय लाग्नेछ ।
यस्तो सेवाका लागि हालसम्म नेपाल खुला विश्वविद्यालय, सुदुरपश्चिम विश्वविद्यालय, हेटौडा कलेज अफ सोसल साइन्सेस, सगरमाथा ईन्जिनियरिङ कलेज, वानेश्वर बहुमुखी क्याम्पस संस्थागत रुपमा जोडि सकेका छन् । साथै अन्य विश्वविद्यालय, क्याम्पस, कलेज लगायतका शैक्षिक संस्थाहरुले पनि प्रयोग गर्न उत्सुकता जगाएको पाइन्छ । अनलाइन पुस्तकालय सेवालाई देशव्यापी रुपमा विस्तार गर्न सकेमा धेरै पाठकहरु लाभान्वित हुने भरोसा गर्न सकिन्छ । साथै ज्ञान सामग्रीहरुको पनि भरपुर प्रयोग हुनेमा त्रिभुवन विश्वविद्यालय विश्वस्त रहेको देखिन्छ ।
विश्वविद्यालयमा हाल खरिद गरेको प्रोक्वेस्ट ९एचयत्तगभकत० डाटावेस बहु विषयलाई समेटेको डाटावेस हो । यस डाटावेस भित्र ४ लाख ५० हजार भन्दा बढी ई–बुक, ५० लाख भन्दा बढी ई–थेसिस डिजर्टेशनका साथै हजारै शीर्षकका जर्नल, म्यागजिन तथा रिपोर्टहरु रहेका छन् । जसमा पाठकहरुलाई आवश्यकता अनुसार पढन, डाउनलोड, प्रिन्ट, सेभ गर्ने लगायतका प्रावधानहरु पनि राखिएको छ । उक्त डाटावेसबाटै साइटेसन तथा रिफरेन्सका लागि इन्डनोट ९भ्लमलयतभ०, रेफोर्ड ९च्भाधयचम० जस्ता च्भाभचभलअभ ःबलबनझभलत त्ययकि हरु पनि प्रयोग गर्न सकिन्छ ।
पुस्तकालयले स्वदेशी तथा विदेशी संघ संस्थाहरुसँग सहकार्य गरी पाठक सेवालाई विगतदेखि नै प्रभावकारी बनाउदै आइरहेको हो । जसअनुरुप पछिल्लो समय एशियन डेभलपमेण्ट बैंक र नेशनल डिजिटल लाइब्रेरी अफ इण्डियासँग ई–रिसोर्सेसको प्रयोमा सम्झौता र सहकार्य गरेको छ । जसबाट विश्वविद्यालयका प्राध्यापक, विद्यार्थी तथा अनुसन्धानकर्तारूले सहजैै ए.डि.बी.का तीन लाखभन्दा बढी डिजिटल सामग्रीहरू प्रयोग गर्न सक्छने छन् । त्यसैगरी नेशनल डिजिटल लाइब्रेरी अफ इण्डियासँग पनि साझेदारी भएको छ । जसअनुसार पहिलो चरणमा पन्ध्र हजार पाठकहरुलाई डिजिटल लाइब्रेरीका कलेक्सनहरू प्रयोग गर्न दिइनेछ । एक हजार पाठकहरु यस डिजिटल लाइब्रेरीमा जोडि सकेका छन् । रिमोट एक्सेस सिस्टममा जोडिएका पाठकहरु यो डिजिटल लाईब्रेरिमा पनि जोडिन सक्ने छन् । यस डिजिटल लाइब्रेरीमा विद्यालय तह देखि विश्वविद्यालय तह तथा अनुसन्धानकर्ताहरुका लागि आवश्यक विभिन्न विषयका करोडौ संकलनहरु रहेका छन् । जसमध्ये पैत्तिस करोड भन्दा बढी लेख रचना, सत्तरी लाख भन्दा बढी थेसिस, साठी लाख भन्दा बढी पुस्तकका साथै हजारौको संख्यामा अडियो÷भिडियो लेक्चर तथा परीक्षासँग सम्बन्धित प्रश्नपत्रहरु रहेका छन् ।
पाठकहरुलाई ब्रिटिश काउन्सिलका समस्त डिजिटल कलेक्सनहरू प्रयोग गराउन काउन्सिलको सहयोगमा पुस्तकालयभित्र दुईवटा आईप्याडसहित एक्टिभ क्यू.आर.कोडसहितको एक डिजिटल वाल जडान गरिएको छ । जसमा दश हजार भन्दा बढी रिसर्च जर्नल, चार हजार भन्दा बढी अनलाइन पत्रपत्रिका, एक हजार भन्दा बढी ई–बुक, अवार्ड जित्न सफल फिल्म तथा डकुमेन्टिहरु, क्षमता अभिवृद्धि तथा हस्यव्याङ्यसँग सम्बन्धित स्रोत सामग्रीहरु पनि रहेका छन् । त्यसैगरी जस्टोर ९व्क्त्इच्० र प्रोजेक्ट म्युज ९एचयवभअत ःग्क्भ्० जस्ता डाटाबेसका साथै अन्य निःशुल्क उपलब्ध हुने डाटावेसहरुबाट पनि निरन्तरता सेवा प्रदान गर्दै आइरहेको छ । तर यसको प्रयोगका लागि भने पाठकहरु पुस्तकालयमा नै आउनुपर्ने बाध्यता रहेको छ ।
केन्द्रीय पुस्तकालयसँग बढदो पाठकहरुको विश्वसनियतालाई कायम राख्नका लागि पुस्तकालयको आफ्नै छुट्टै ई–लाईब्रेरीको डाटावेस बनाउने योजना पनि रहेको पाइन्छ । जसबाट नेपालका अध्ययन सामग्रीहरु अनलाइनमा कम पाइने भन्ने पाठकहरुको गुनासोहरु सम्बोधन हुने विश्वास पनि गर्न सकिन्छ । हुन त केन्द्रीय पुस्तकालयले स्नातकोत्तर तह, दर्शनाचार्य (एम.फिल.) र पि.एच.डि तहका थेसिसहरुलाई अनलाइनमा राखि ई–लाईब्रेरी निर्माण सुरुवात गरिसेको पनि छ । जसमा हालसम्म २२ सय भन्दा बढी फुल टेक्स थेसिस डिजर्टेशनहरु अपलोड भइसकेको छ । जसलाई पाठकहरुले अनलाइनबाट नै हेर्न डाउनलोड गर्न सकिन्छ । त्यसका साथै नेपालबाट प्रकाशन हुने जर्नलहरुको डाटावेस नेप्जोलको पनि विस्तार गर्दै आइरहेको छ । जहाँ २१५ भन्दा बढी जर्नलहरुका लेख रचनाहरु हेर्न र डाउनलोड गर्न सकिन्छ । यसबाट केन्द्रीय पुस्तकालयको छुट्टै डिजिटल डाटावेस बन्नेमा आशा गर्न सकिने आधारहरु देखिन्छ ।
त्यसैगरी त्रिभुवन विश्वविद्यालयले केन्द्रीय पुस्तकालय मार्फत नै प्लेजिअरिजम ९एबिनष्बचष्कm० चेक सफ्टवेयर खरिद गर्ने योजना पनि बनाएको पाइन्छ । जसबाट विश्वविद्यालयमा बढदै गइरहेको बौद्धिक चोरीको समस्यालाई निरुपण हुने आकलन गर्न सकिन्छ । तर यो सफ्टवेयर कहिलेबाट प्रयोगमा आउने छ र साहित्यिक चोरी गरी विश्वविद्यालयको उपाधि धारण गर्न पल्केकाहरुको हालत के हुने हो हेर्न बाँकी नै छ ।
२०७८ वैशाख बर्ष १ अंक ८ कागेश्वरी टुडे मा प्रकाशित लेख ।