पुस्तकालय उज्यालो तर्फकाे यात्रा

पुृस्तकालय शब्द सस्कृत भाषाको पुस्तक + आलय दुई शब्द मिलि बनेको हो । यसको अर्थ पुस्तक राख्ने घर हुन्छ । पुस्तक ज्ञानको स्रोत हो । यसर्थ पुस्तकको भण्डार पुस्तकालय अथाह ज्ञान तथा सूचनाको स्रोत हो ।

विद्धानहरुले पुस्तकालयलाई ज्ञानको स्रोत मात्रै मान्दैनन्् एकै ठाउमा रहेर विश्व भ्रमण गर्न सकिने केन्द्रको रुपमा यसलाई व्याख्या गर्छन । त्यसकारण पुस्तकालयको महत्व शब्दमा व्याख्या गर्न सकिने विषय होइन भन्दा अत्युक्ति हुदैन् । कुनै पनि कुराको स्थापना हुदाँ त्यससँग एउटा न एउटा उद्देश्य जोडीएर आएको हुन्छ । त्यस्तै पुस्तकालयको स्थापना पनि ठीक सुचना ठीक पाठकलाई ठीक समयमा उपलब्ध गराउनुको साथै ज्ञान विज्ञानका सामग्रीको उचित संरक्षण गरी पठन पाठनकोलाई सुविधा उपलब्ध गराउदै निरन्तर शिक्षा प्रदान गर्नु पुस्तकालयको मुख्य उद्देश्य हो ।

नेपालका एकजना पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिज्ञ नवनेको भए पुस्तकालयकर्मी बन्ने थिए भन्ने (पुस्तकालय आवज वर्ष २ अंक ६) अन्तरवार्ताले पनि पुस्तकालयको महङ्खव छताछुल्ल पार्छ । नेपालमा पुस्तकालयको महङ्खव उजागर गर्न उनको अभिव्याक्ति मात्रै होइन् । प्रकाण्ड विद्धान पं. सोमनाथ सिग्देल देखि महाकवि लक्ष्मीप्रसाद देवकोटा सम्मका आधार भुमिहरु महङ्खवपुर्ण छन् । कुनै पनि सफल व्यक्तिका पछाडि पुस्तकालयको भुमिका महत्वपूर्ण छ भन्नका लागि अरु थुप्रै त्यस्ता व्यक्तिका जीवनी आफैमा विश्वविद्यालय हुन् ।

विश्वविद्यालयका विद्यार्थीका लागि पुस्तकालय नै साचो घर हो । जहाँ ज्ञानको अनन्त भण्डार हुन्छ । कुनै विषयमा कुन स्तरको शिक्षा लिने त्यो विद्यार्थीको रोजाई हो । जसको स्रोत पुस्तकालय भित्रका पुस्तक नै हुन भन्नेमा दुईमत हुन सक्दैन ।

नेपालमा पुस्तकालयको शुरु पश्चिम नेपालको पाल्पाबाट भएकोे इतिहास छ । सर्वसाधारणले उपयोग गर्न पाएको हिसावबाट तर औपचारिक पुस्तकालय चाहि पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दा खेरी पाटन, भक्तपुर, गोरखाका पुस्तकहरु संग्रह गरेर हनुमानढोकामा राखेको इतिहास छ । राणाकालमा ज्ञान सिक्न जनतालाई बन्देज गरिएको थियो । त्यसकै फलस्वरुप महाकवि देवकोटा लगायत थुपै पुस्तकालयका पारखीहरु कारवाहीमा परेको इतिहास छ । इतिहासमा कालो शताब्दीका रुपमा राणाकाललाई .व्याख्या गर्नुका पछाडी यस्तै तानाशाही प्रवृति जिम्मेवार छ । यस्तो तानाशाही प्रवृत्ति अन्धकारमा मात्र रहन सक्छ । त्यसैले पुस्तकालय अन्धकारको शत्रु हो । भनाइ पनि छ ”उज्यालो चाहन्छौ भने जेल होइन पुस्तकालय बनाऊ” ।

विकसित देशहरुले पुस्तकालयलाई उच्च प्रथमिकता दिदै आएका छन् । बौद्धिक धरातल बढाउन र वैचारीक स्वतन्त्रताको प्रवद्र्धन गर्न विश्वविद्यालयको स्थापना महत्वपूर्ण हुन्छ । विश्वविद्यालय र पुस्तकालय त्यसैकारण अन्तरसम्वन्धित छन् ।

विश्वविद्यालय मात्रै होइन सचेत व्यक्तिले घरमा समेत पुस्तकालय निमार्ण गर्छ । पुस्तक ज्ञान, भ्रमण, सचेतनाको त्रिवेणी हो । पुस्तक पढेरै मानिसले ज्ञान प्राप्त गर्छ भने ज्ञानकै आधारमा सचेतना अभिवृद्धि गर्छ । पढदै गर्दा उसले नयाँ क्षेत्रको भ्रमण पनि गरेको हुन्छ । यसर्थ पुस्तकालय प्रर्याप्त हुनु भनेको त्यसका विद्यार्थीहरु पनि बढनु हो । ज्ञानका विद्यार्थी बढनु भनेको उज्यालो तर्फको यात्रा अघि बढाउनु हो ।

नेपालमा पुस्तकालयको अभिवृद्धिका लागि प्रर्याप्त प्रयास हुन सकेको छैन । सवैभन्दा ठूलो पुस्तकालयको रुपमा ख्याति कमाएको त्रि.वि. केन्द्रिय पुस्तकालयले पाठकको माग अनुसारको पाठ्यसामग्री उपलब्ध गराउन नसकेको र पाठकहरुलाई वसेर पढने स्थानको कमी भएको भनी गुनासो बारम्बार आएको छ । त्यो भन्दा पनि ठूलो समस्यामा राष्ट्रको गहनाको रुपमा रहनु पर्ने नेपाल राष्ट्रिय पुस्तकालय भुकम्व पछि भवनको अभावका कारण बोरामा थन्किएर वस्नु परेको छ । यसले भएको पुस्तकालयको पनि उचित विकास र संरक्षणमा राज्यको अलिकति पनि ध्यान नगएको प्रष्ट पार्छ । 

त्रि.वि. केन्द्रिय पुस्तकालय र नेपाल राष्टिय पुस्तकालय मात्रै होइन केशर पुस्तकालय, मदन पुरस्कार पुस्तकालय, डिल्लीरमण रेग्मी पुस्तकालय नेपालका महत्वपूर्ण र ठूला पुस्तकालय हुन । जो राजधानीका बौद्धिक सम्पदा पनि हुन । राजधानी बाहिर पनि विभिन्न जिल्लामा पुस्तकालय छन तर धेरैको  अवस्था जीर्ण रहदै आएको पाइन्छ ।

पुस्तकालयसँगै अहिले सुचना केन्द्रको पनि त्यतिकै महत्व छ । विश्व नै एउटा सानो ग्रहका रुपमा व्याख्या गरिनुका पछाडी सुचना प्रविधिको विकास नै मुख्य कारण हो । विश्वको एउटा कुनामा भएको व्याक्तिले अर्को कुनामा भएको व्याक्तिसँग नजिकै भए झै कुराकानी गर्न सक्छ । सुचना प्रविधिको यो चमत्कारले विकासोन्मुख मुलुकहरुलाई समेत विश्वव्यापीकरणको मुल प्रवाहमा समाहित गरिदिएको छ । 
हुन त पुस्तक आफै पनि सुचना र सञ्चारको माध्यम हो । लेखक र पाठक वीचको सम्वन्धमा सेतुको काम गर्छ पुस्तकालयले । त्यो सेतु सुचना, चेतना, ज्ञान र यसको आदान प्रदानको चौवाटो हो । मानवीय सम्वधलाई निकट बनाउन फराकिलो पार्न हामीमा फराकिलो सामाजिक चेतनाको विकास गर्नुपर्छ । सामाजिक चेतना प्रवद्र्धनका लागि पुस्तकालयको प्रवद्र्धन अनिवार्य शर्त हो । लोकतन्त्रमा जनताहरु सुसुचित हुन पाउनु मौलिक अधिकार हो । 

शिक्षा र चेतनाको विकासका लागि पुस्तकालय तथा सुचना प्रविधिको विकास एक्काइसौ शताब्दीका स्वतन्त्र नागरिकहरुको मौलिक आवश्यकता नै हो । अँध्यारो विरुद्ध लड्न र उज्यालो किरणको प्राप्तिका निम्ति पुस्तकालयको विकास र संरक्षण तर्फ समाजलाई अग्रसर पार्नु आवश्यक छ । 

पुस्तकालय अावाज वर्ष ३ अङ्क १० २०६८ मा प्रकाशित ।